दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री मृणाल ठाकुर अभिनीत फिल्म 'फ्यामेली स्टार' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
यस फिल्मलाई समीक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
भारतीय सञ्चारमाध्यम पत्रिकाका अनुसार फिल्मले दुई दिनमा ९ करोड ७५ लाख भारू कमाएको छ। ५ करोड ७५ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड भारू कमाएको हो।
यो फिल्मको बजेट ५० करोड भारू बताइएको छ।
परशुराम पेटलाले निर्देशन गरेको फिल्म ५ अप्रिलदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा विजय र मृणालसँगै जगपति बाबू, अच्युत कुमार, वासुकी, रोहिणी हट्टगडी, रवि बाबू, दिव्यांश कौशिक, अजय घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा रश्मिका मन्दनाको विषेश भूमिका छ।
यो फिल्म तमिल, तेलुगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन भइरहेको छ।