बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफसँगै फिल्म 'बडे मियाँ छोटे मियाँ' मा पृथ्वीराज सुकुमारन देखिँदैछन्।
यसअघि सुकुमारन रानी मुखर्जीको फिल्म 'अय्या' मा देखिएका थिए। अब 'बडे मियाँ छोटे मियाँ' मा उनी खलनायकको भूमिकामा देखिँदैछन्। तर उनी एक अर्काे फिल्मलाई लिएर चर्चामा छन्। जसको नाम हो 'आडुजीवितम'।
यस फिल्ममा पृथ्वीराज सुकुमारन १६ वर्षदेखि काम गरिरहेका छन्। यो कुरा थाहा पाएपछि बलिउड अभिनेता अक्षय कुमारले आफ्नो प्रतिक्रिया दिएका छन्।
'के गरिरहेका थियौं १६ वर्ष? १६ वर्षदेखि यो मान्छे एकै फिल्ममा काम गरिरहेको थियो। अविश्वसनीय। यहाँ १६ महिना एक फिल्ममा काम गर्दैनन्,' उनले भने।
कि ब्लेसीले निर्देशन गरेको फिल्म 'आडुजीवितम' मा पृथ्वीराज सुकुमारनले ३१ किलो तौल घटाएका थिए। यो फिल्म २८ मार्चदेखि प्रदर्शन भएको छ। यो फिल्मको कहानीमा सन् २००८ देखि काम भइरहेको थियो। फिल्मको छायांकन सन् २०१८ देखि सुरू गरिएको थियो।