बलिउड फिल्म 'एनिमल' मा अभिनय गरेपछि अभिनेता बबी देओल चर्चामा छन्। फिल्ममा उनको खलनायक भूमिकालाई दर्शकले खुब रूचाए।
'एनिमल' पछि उनलाई खलनायक भूमिकामै फिल्म प्रस्ताव आउन थालेको छ। अब उनी दक्षिण भारतीय फिल्म 'कंगुवा' मा खलनायकको भूमिकामा देखिँदैछन्। हाल फिल्मको टिजर सार्वजनिक भइसकेको छ।
टिजर सार्वजनिक भएपछि बबीको चर्चा झनै चुलिएको छ। फिल्मको टिजरमा उनी खतरनाक अवतारमा देखिएका छन्। फिल्ममा उनी 'अबरार' पात्रको भूमिकामा देखिँदैछन्।
यस फिल्मका लागि उनले ५ करोड भारू पारिश्रमिक लिएका छन्। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार उनले 'एनिमल' का लागि ४ करोड भारू पारिश्रमिक लिएका थिए।
शिवले निर्देशन गरेको फिल्ममा सूर्या मुख्य भूमिकामा छन्। फिल्ममा सुर्या र बबीसँगै दिशा पाटनीको मुख्य भूमिका छ। फिल्मलाई निशद युसुफले छायांकन गरेका हुन्।
यो फिल्म ३८ भाषामा प्रदर्शन गरिनेछ।