भारतीय अभिनेत्री अरुन्धति नायर घाइते भएकी छन्।
उनी मार्च १४ मा दुर्घटनामा परि घाइते भएकी हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी हाल तिरुवन्तमपुरको अन्नतपुरी अस्पतालमा उपचाररत छिन्।
अरुन्धतिको दुर्घटना हुँदा उनी आफ्नो भाइसँग यात्रा गरिरहेकी थिइन्। उनीहरू एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएर घर फर्किएका थिए।
अरुन्धतिले सन् २०१४ मा 'पोन्गी एझु मनोहरा' फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन्। उनी विजय एन्टनीको तमिल फिल्म 'शैतान' बाट चर्चित भएकी हुन्।
उनले सन् २०१८ मा मलयालम फिल्म 'ओट्टाकोरू कामुकन' मा काम गरेकी थिइन्। उनी पछिल्लो समय तमिल फिल्म 'आयिरम पोरकासुकल' मा देखिएकी थिइन्।