बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'शैतान' सय करोड क्लबमा समावेश भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १० दिनमा एक सय करोड भारु कमाएको हो। फिल्मले भारतीय बक्स अफिसमा १०३ करोड ५ लाख भारू कमाएको छ।
आइतबार ९ करोड ७५ लाख भारू कमाउँदै फिल्म सय करोड क्लबमा समावेश भएको हो। फिल्मले विश्वभरबाट १३३ करोड कमाएको छ।
यो फिल्मको बजेट ६० करोड भारू रहेको बताइएको छ।
विकास बहलले निर्देशन गरेको फिल्ममा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ। यो विकास बहलको पहिलो हरर फिल्म हो।
अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह-निर्माता छन्।