बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा अभिनीत फिल्म 'योद्धा' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले पहिलो दिनभन्दा दोस्रो दिन अझै राम्रो कमाइ गरेको छ।
फिल्मले दुई दिनमा ९ करोड ८५ लाख भारू कमाएको छ। ४ करोड १ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ५ करोड ७५ लाख भारू कमाएको हो।
यो फिल्मको बजेट ५५ करोड भारू बताइएको छ।
पुस्कर ओझा र सागर अम्बरेले निर्देशन गरेको फिल्ममा सिद्धार्थसँगै राशि खन्ना, दिशा पाटनी, रोनित राय, सनी हिन्दुजाको अभिनय छ। सिद्धार्थ र दिशाले पहिलोपटक एकसाथ काम गरेका हुन्।