बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'शैतान' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्मले एक सातामा ८१ करोड ५३ लाख भारू कमाएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार 'शैतान' ले पहिलो दिन १५ करोड ५१ लाख भारू कमाएको थियो। फिल्मले दोस्रो दिन १९ करोड १८ लाख, तेस्रो दिन २० करोड ७४ लाख, चौथो दिन ७ करोड ८१ लाख, पाँचौं दिन ६ करोड ५७ लाख, छैटौं दिन ६ करोड २७ लाख र सातौं दिन ५ करोड ७५ लाख कमाएको हो।
विकास बहलले निर्देशन गरेको फिल्ममा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ। यो विकास बहलको पहिलो हरर फिल्म हो।
अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह-निर्माता छन्।