बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'शैतान' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्मले भारतीय बक्स अफिसमा ६१ करोड भारू कमाएको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार 'शैतान' ले पहिलो दिन १४ करोड ७५ लाख भारू कमाएको छ। फिल्मले दोस्रो दिन १८ करोड ७५ लाख, तेस्रो दिन २० करोड ५ लाख कमाएको हो।
यो फिल्मले अजय देवगनको पहिलो दिन सबैभन्दा धेरै कमाउने पाँचौं फिल्मको रेकर्ड पनि राखेको छ। 'शैतान' ले अजयको फिल्म 'तान्हाजी' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो। भारतीय बक्स अफिसमा 'शैतान' ले १५ करोड २१ लाख भारू कमाएको थियो भने 'तान्हाजी' ले १५ करोड १० लाख भारू कमाएको थियो।
विकास बहलले निर्देशन गरेको फिल्म 'शैतान' मा अजयसँगै आर माधवन, ज्योतिका, जनकी बोदिवाला, अंगद माहोलेलगायत कलाकारको अभिनय छ।
अजय देवगन, ज्योति देशपान्डे, कुमार मन्गत पाठक र अभिषेक पाठक निर्माण रहेको फिल्ममा संंजिव जोशी, अमृत दलमिया सह-निर्माता छन्।