विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीले आफ्नो हरेक समारोह भव्य बनाउँछन्। यतिबेला उनी आफ्नो कान्छो छोरा अनन्त अम्बानीको प्रि-वेडिङ समारोहमा व्यस्त छन्।
उनले कान्छो छोराको प्रि-वेडिङ समारोहलाई भव्य बनाउन कुनै कसर छाडेका छैनन्। उनले हलिउडदेखि बलिउडका ठूला कलाकारलाई प्रस्तुति दिन बोलाएका छन्। १ मार्चदेखि ३ मार्चसम्म राखिएको समारोहमा अमेरिकी गायिका रिहानाले प्रस्तुति दिइसकेकी छन्। साथै यसै समारोहमा शाहरूख खान, सलमान खान र आमिर खान एक मञ्चमा प्रस्तुत भएका थिए।
यस समारोहमा प्रस्तति दिन रिहानाले महंगो पारिश्रमिक लिएकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले ५२ करोड भारू पारिश्रमिक लिएकी छन्।
अनन्त र राधिकाको प्रि-वेडिङ समारोहको लागत करिब १ हजार करोड भारू बताइएको छ भने भोजको १६५ करोड भारू लागत छ।
राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।