विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानी आफ्नो हरेक समारोह भव्य बनाउँछन्। गतवर्ष उनले आफ्नो कल्चरल सेन्टरको उद्धाटन गरेका थिए। जसमा बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटी उपस्थित थिए।
अब उनी आफ्नो छोरा अनन्त अम्बानीको विवाहको तयारीमा छन्। अनन्त र राधिका मर्चेन्टको विवाह १२ जुलाईमा हुँदैछ। तर यसअघि उनीहरूले प्रि-वेडिङ समारोह राखेका छन्। यस समारोह १ मार्चदेखि ३ मार्चसम्म चल्नेछ।
मुकेशले आफ्नो जेठो छोरा आकाश अम्बानीको विवाहमा हलिउड गायिका बियोन्सेलाई प्रस्तुति दिन बोलाएका थिए। उनले आफ्नो कान्छो छोराको प्रि-वेडिङ समारोहमा प्रस्तुति दिन हलिउड गायिका रिहानालाई बोलाएका छन्।
उनीहरूको प्रि-वेडिङ समारोहमा १२०० बढी अतिथिलाई बोलाइएको छ। उनीहरूको समारोहमा सहभागी हुन रिहानासँगै बिल गेट्स, मार्क जुकरवर्ग जामनगर आइसकेका छन्।
राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्। ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए।