बलिउड अभिनेता अभिषेक बच्चन पछिल्लो दुई वर्ष कुनै फिल्ममा देखिएका छैनन्। तर यो सिलसिलाको अन्त्य भएको छ। उनले 'मनमर्जिया'मा काम गर्न थालेका छन्। दुई वर्षपछि ट्विटमा उनले यसका लागि शुभेक्षा मागेका छन्।
फिल्म सुटिङको एकदिन अगाडी उनले फिल्मको पटकथाको फोटो पोस्ट गर्दै दर्शकहरूसँग नयाँ फिल्मका लागि शुबकामना मागेका हुन्। फिल्मलाई अनुराग कश्यपले निर्देशन गर्दैछन्। फिल्ममा अभिषेकका अलावा तप्सी पन्नु तथा विक्की कौशलको अभिनय रहेको छ।
कश्यपले फिल्मलाई आफ्नो बहुप्रतिक्षित फिल्म भनेका छन्। फिल्मले अभिषेकको रोकिएको करियरलाइ गति दिने अपेक्षा गरिएको छ। फिल्ममा त्रिकोणात्मक कथा रहनेछ। अभिषेक पछिल्लो टपक 'हाउसफूल ३'मा देखिएका थिए।