दीपिका पादुकोण अभिनित 'पद्मावत' विभिन्न विरोध र धम्की झेल्दै रिलिज भयो। रिलिजपछी फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गाड्यो। हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे।
यसरी खुशी हुनेमा फिल्मका निर्माता-निर्देशक संजय लिला भन्साली पनि एक हुन्। उनले दीपिकाको कामबाट असाध्यै खुशी भएर उनलाई ५०० रूपैयाँको नोट प्रदान गरेका थिए। फिल्मका लागि 'पद्मावत'मा अभिनय गरेका दुई अभिनेता शाहिद कपुर तथा रणवीर सिंह भन्दा बढि पारिश्रमिक बुझेकी दीपिकालाई भने आफूले पाएको करोडौं पारिश्रमिक भन्दा संजयले दिएको ५०० को महत्व धेरै महत्व राख्ने बताएकी छन्।
सो महत्व संजयले दीपिकाको कामका लागि गरेको तारिफबाट सहज बुझ्न सकिन्छ। 'दीपिका गतिलो अभिनेत्रीमा एक हुन्। फिल्ममा दीपिकाले जोहर (आत्मदाह) गर्नु अघाडी जसरी उनीहरूलाई सम्बोधन गरेकी छन्, त्यो मलाई असाध्यै मनपर्छ। फिल्ममा उनले सो दृश्यलाई एकदम राम्रोसँग गरेकी छिन्। त्यसैले मैले उनलाई ५०० रूपयाँ दिएँ', संजयले खुलासा गरे।
यसरी पाएको ५०० रूपयाँ वक्सिसले बेग्ले अर्थ त राख्ने नै भयो। 'पद्मावत' पछिल्लो समय बलिउडमा १०० करोडको मानक राख्ने दीपिकाको सातौं फिल्म हो।। 'पद्मावत'का लागि दीपिकाले ११ करोड भारू पारिश्रमिक बुझेकी थिइन्।