सुपरहिट फिल्म 'पूर्णबहादुरको सारंगी' का निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको नयाँ फिल्म 'कोशेढुंगा' को ट्रेलर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक ट्रेलरमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, प्रेम, धोका, संघर्ष र सामाजिक द्वन्द्वका विविध पक्षलाई प्रस्तुत गरिएको छ। पहाडी गाउँको सुन्दर दृश्यबाट सुरू हुने ट्रेलरले पात्रहरूको भावनात्मक उतारचढावलाई मार्मीक ढंगले देखाएको छ।
यो फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारहरूको अभिनय छ। निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।
बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको 'कोशेढुंगा' यही भदौ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुन लागेको निर्माणपक्षले जनाएको छ।