सुपरहिट फिल्म 'अन्दाज' डेब्यु अभिनेता सविन श्रेष्ठ फिल्म 'कश्यप' मा अनुबन्धित भएका छन्।
हालै यो फिल्मको टाइटल र थिम पोस्टर सार्वजनिक गरिएको छ, जसमा सविन 'एंग्री योङ म्यान' को रूपमा देखिएका छन्।
हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित देखिएका सविनको पात्र फिल्ममा हिरो कि भिलेन भन्ने खुलाइएको छैन।
एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन्। संगै करिअर सुरू गरेका निर्देशक खड्का र अभिनेता सविनले लामो तयारीपश्चात 'कश्यप' मा एकसाथ काम गर्न लागेको जनाइएको छ।
सोमबार चलचित्र विकास बोर्डमा औपचारिक रुपमा 'कश्यप' नाम राखेर निर्माण इजाजत लिइएको छ। अन्य कलाकार र फिल्मबारे छिट्टै जानकारी दिइने जनाइएको छ।