अभिनेता जितु नेपाल र अभिनेत्री वर्षा सिवाकोटीलाई शीर्ष भूमिकामा लिएर फिल्म 'कार्की साइँला' निर्माण हुने भएको छ।
यो फिल्मको सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ।
शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकार जितु र वर्षाले मुहूर्त शट दिए।
कर्ण बहादुर फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने यो फिल्म राजेन्द्र बस्नेतले निर्देशन गर्दैछन्। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ तथा निर्माता बालकुमार राई हुन्।
फिल्ममा राजु किराँतीको द्वन्द्व, बाबुल गिरीको संगीत, कमल राईको नृत्य, जीवननाथ गौतमको मुख्य सहायक निर्देशन र अजित लामिछानेको पटकथा तथा संवाद रहनेछ।
'कार्की साइँला' मा जितु र वर्षाका साथमा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ।
ग्रामीण जीवनको कथा यो फिल्मले भन्नेछ । भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन्।
वैशाख २० गतेबाट धनकुटा जिल्लाको विभिन्न स्थानमा फिल्मको छायांकन गरिने जनाइएको छ।
