पूर्व भारतीय क्रिकेट क्याप्टेन सौरव गांगुली अभिनयमा डेब्यू गर्दैछन्।
उनले नेटफ्लिक्सबाट रिलिज हुने वेब सिरिज 'खाकी: द बंगाल च्याप्टर' बाट अभिनयमा डेब्यू गर्न लागेका हुन्। हालै फिल्मको एक प्रमोशनल भिडिओ सार्वजनिक भएको छ। जसमा उनी पुलिस अफिसरको भूमिकामा देखिएका छन्।
सौरवले ५२ वर्षमा अभिनयमा डेब्यू गरेका छन्। उनको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सौरवको अभिनय डेब्यूलाई लिएर फ्यानले निकै खुशी व्यक्त गरिरहेका छन्।
सौरवले वेब सिरिजको भिडिओ सेयर गर्दै लेखेका छन्, 'द बंगाल टाइगर मीट्स द बंगाल च्याप्टर।'
यो सिरिज नेटफ्लिक्समा २० मार्चदेखि रिलिज हुँदैछ।
सौरव गांगुलीलाई क्रिकेटका महाराज भनिन्छ। उनले भारतको लागि ३११ वनडे म्याच खेलेका छ भने ११३ टेस्ट म्याच खेलेका छन्।