नेपाली फिल्म 'श्री बुकुरोः द होम कलिङ' को टिजर सार्वजनिक गरिएको छ।
बुधबार सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीको कविता बाचनको अंशबाट सुरू हुन्छ। टिजरमा मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शीवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ। यसले फिल्म ग्रामीण परिवेशको कथामा बनेको देखिन्छ। फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक टिजरबाट आँकलन गर्न सकिन्छ।
सुदीप भुपाल सिंहको निर्देशनमा यो फिल्म निर्माण भएको हो।
७ वर्षपछि निर्देशनमा फर्किएका उनले यसअघि 'माला' र 'रुद्रप्रिया' निर्देशन गरेका थिए।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको 'श्री बुकुरोः द होम कलिङ' मा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ।
पारिवारिक कथामा निर्माण भएको फिल्ममा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण छ।
सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको फिल्मको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत छ।
निर्देशक सिंहका अनुसार प्रदर्शन मिति चाँडै घोषणा गर्ने तयारी छ।