ललितकला स्नातकोत्तरबाट दीक्षित भएका पहिलो समूहको प्रस्तति 'राइजोम्स एमएफए थेसिस प्रदर्शनी २०२४' बबहरमहलस्थित आर्ट काउन्सिलमा चलिरहेको छ। काठमाडौं विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरूले आफ्नो कला प्रदर्शन गरेको यो प्रदर्शनी सोमबारदेखि सुरू भएको हो।
प्रदर्शनीमा विद्यार्थीका थेसिस कामसँगै ९ वटा छलफल कार्यक्रम छन्। विद्यार्थीका सिर्जनशील कलामाथि प्रकाश गर्ने ६ विभिन्न कलाकारका वार्ता तथा कला तथा शोधबारे तीन पेपर प्रिजेन्टेसनहरू छन्।
यस प्रदर्शनीसँगै सातोरी सेन्टर फर आर्ट्सको सहकार्यमा ‘लाइन अफ थट्स’ अर्थात् ‘विचार रेखाहरू’ शीर्षकमा कला तथा मानविकी विषय सम्बन्धित सम्मेलन आयोजना गरिएको छ।