नेपाल कला परिषद् बबरमहलमा सिर्जना-२०२४ : ब्रेड्स अफ साइमल्ट्यानिटी’ नामको कला प्रदर्शनी भैरहेको छ।
सिर्जना कलेज अफ फाइन आर्टको आयोजनामा यस कला प्रदर्शनी भइरहेको हो।
सिर्जनाका समवर्ती लहरहरू नाम गरिएको प्रदर्शनीमा २८ जना कलाकारहरूका विभिन्न शैलीका चित्रकला मूर्तिकला आदिको अवलोकन गर्न पाइन्छ।
प्रदर्शनी आगामी शुक्रबार सम्म जारी रहने आयोजकले जनाएको छ।