नेपाली फिल्म ‘महानगर’ भारतको कोलकाता फिल्म फेस्टिभलमा छनोटमा परेको छ। यो फिल्म एसियन सेलेक्टअन्तर्गत 'दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक)' अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छानिएको हो।
एसियाका २९ देशका फिल्मकर्मीको साझा संगठन नेटप्याकको यो २६ औं संस्करण हो। फेस्टिभल नोभेम्बर ५ देखि १२ तारिखसम्म कोलकातामा आयोजना हुनेछ।
यसअघि वृत्तचित्र ‘अञ्जली’ र छोटो फिल्म ‘सखी’ बनाएका मोहनको ‘महानगर’ पहिलो फिचर फिल्म हो। तीन वर्षअघि नै घोषणा भएकाे फिल्म सम्पन्न हुन भने लामै समय लागेकाे थियो।
एक रातको कथा समेटिएको महानगरमा कर्मा, मेनुका प्रधान, जीवन बराल आदि कलाकार मुख्य भूमिकामा छन्। काेराेना महामारीका कारण फेस्टिभल भर्चुअल हुनेछ।