शुक्रबार एकैपटक तीन वर्षको राष्ट्रिय अवार्ड हस्तान्तरण गरिएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमकाबीच राष्ट्रपति निवासमा बिसं २०७३,७४ तथा ७४ सालका राष्ट्रिय अवार्ड विजेताहरूलाई पुरस्कार वितरण गरेकी हुन्।
यसैगरी ३ वर्षको दीर्घ साधना सम्मानबाट ३ वरिष्ठ नेपाली चलचित्रकर्मीलाई सम्मान गरियो।
राष्ट्रिय चलचित्र अवार्डमा यो वर्षबाट विजेताहरूलाई नगद पुरस्कारको पनि सुरूवात गरिएको छ। अबदेखि विजेताले ट्रफी र प्रमाणपत्रको साथमा २५ हजार नगद पुस्रकार पनि पाउनेछन्।
हिजो ७३, ७४ तथा ७५ सालको दीर्घ साधना पुरस्कारबाट क्रमशः वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारी, किशोर रानामगर र तुलसी घिमिरेलाई सम्मान गरियो। तीने जनलाई जनही ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ नगद पुसर्कारसमेत दिइयो।
उनीहरूलाई नगदसहित नाम्रपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यसैगरी दीपेन्द्र लामा निर्देशित 'गोपी'ले उत्कृष्ट सिनेमातर्फको २०७५ सालको राष्ट्रिय पुरस्कार जितेको छ। यसैगरी 'प्रसाद'का लागि अभिनेता विपिन कार्की उत्कृष्ट भएको अवार्डमा अभिनेत्री तर्फ स्वस्तिमा खड्का उत्कृष्ट घोषित भइन भने सोही सिनेमाबाट बिनोद पौडेल उत्कृष्ट निर्देशक घोषित भए। यस्तै 'गोपी'का लागि सामिप्यराज तिमल्सेनाले उत्कृषट लेखको अवार्ड उचाले।
३ वर्षका राष्ट्रि अवार्ड विजेताहरूको सूचि यस्तो छः
२०७५ सालका विजेता
उत्कृष्ट फिल्म : गोपी
उत्कृष्ट निर्देशन : विनोद पौडेल (बुलबुल)
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्री : स्वस्तिमा खड्का (बुलबुल)
लेखन : दीपेन्द्र लामा (गोपी, कथा)
लेखन : सामीप्यराज तिमल्सेना –(गोपी, पटकथा÷ संवाद)
छायांकन : सञ्जय लामा (समर लभ)
सम्पादन : निमेष श्रेष्ठ ( साइँली)
जुरी अवार्ड : शिल्पा कर्ण (भोर)
जुरी अवार्ड : आमा सरस्वती मुभिज
दीर्घसाधना सम्मान : तुलसी घिमिरे
जुरी सदस्य : नीर शाह, गौरी मल्ल, दिनेश डिसी, धु्रव लम्साल, केशव सुवेदी
२०७४ सालका विजेता
उत्कृष्ट फिल्म : ब्लाइन्ड रक्स
निर्देशन : मिलन चाम्स (ब्लाइन्ड रक्स)
अभिनेता : पुष्प खड्का (मंगलम्)
अभिनेत्री : बेनिशा हमाल (ब्लाइन्ड रक्स)
लेखन : खगेन्द्र लामिछाने (धनपति)
छायांकन : पुरुषोत्तम प्रधान (कृ)
सम्पादन : मित्र गुरुङ (मंगलम्)
जुरी अवार्ड : मिथिला शर्मा (मंगलम्)
जुरी अवार्ड : रमेश रञ्जन झा (शत्रु गते)
दीर्घ साधनासम्मान : किशोर राना मगर
जुरी : लक्ष्मीनाथ शर्मा, सुचित्रा श्रेष्ठ, सबनम मुखिया, फूलमान बल, विष्णु सुवेदी
२०७३ सालका विजेता
उत्कृष्ट फिल्म : कालोपोथी
उत्कृष्ट निर्देशक : दीपक रौनियार
अभिनेता : बिपिन कार्की (जात्रा)
अभिनेत्री : सृजना सुब्बा (डाइङ क्यान्डल)
लेखन : मिन भाम , अविनाश बिक्रम शाह (कालोपोथी)
छायांकन : शिवराम श्रेष्ठ (लभ सासा)
सम्पादन : मित्र गुरुङ (जात्रा)
पपुलर फिल्म : छक्का पञ्जा
दीर्घसाधना सम्मान : सुभद्रा अधिकारी
जुरी : रमेश बुढाथोकी, केशव भट्टराई, रुपा राना, विनोद पौडेल, सामीप्यराज तिमल्सेना