गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
'र्वाँइ र्वाँइ सारङ्गी' बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।
यस अघि केहि गीतहरु सार्वजनिक गरेका दीप तामाङले आफुले यस गीतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सहयोग गर्ने बताएका छन् ।
जितेन लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।
'र्वाँइ र्वाँइ सारङ्गी'ले बोलको गीतलाई दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।
गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
https://www.youtube.com/watch?v=sPO0wI_jA-k