कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ।
लिगका खेल आगामी जुन १२ देखि हुने भएको हो। सो दिन डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ।
अरु दिनको खेलबारे लिगले क्लबहरूलाई जानकारी गराउनेछ। २८ मे भित्र ११ वटा म्याच डे बारे लिगका २० वटै क्लबलाई जानकारी गराइनेछ।
ला लिगाका खेलाडीहरुले दुई साताअघि देखि अभ्यास थालेका थिए।
अभ्यास अघि गरिएको कोरोनाको परिक्षणमा पाँच खेलाडीमा संक्रमण भेटिएको थियो।
ला लिगाले कडा मेडिकल प्रोटोकल पालान गरेर लिग खेलाउने तयारी गरेको छ। खाली रंगशाला हुने खेलमा स्टाफ र खेलाडीहरूले ती नियम पालना गर्नु पर्नछ।
ला लिगाका खेलहरू कोरोना भाइरसका कारण मध्य मार्चबाट अनिश्चितकालका लागि स्थगित भएको थियो।