आइतबारदेखि सातदाेबाटाेमा प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता सुरु हुने भएको छ। आयोजक अखिल नेपाल खेलकुद महासंघ ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ राष्ट्र सम्मलित प्रतियोगिताको बारे जानकारी गराएको हो।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा तीन दिनसम्म संचालन हुने छ। प्रतियोगितामा नेपालसहित भारत, भुटान,बंगलादेश,पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितमा ७० स्वर्ण, ७० रजत र १४० कास्य पदकको लागि प्रतिस्पर्धा हुने छ। कुमुते फाइटतर्फ ५८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदा कातातर्फ १२ स्वर्णको लागि खेल हुनेछ।
प्रतियोगितामा नेपालसहित कुल ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। जसमा उपत्यकाबाट २ सय र उपत्यका बाहिरबाट १ सय गरी नेपालबाट ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै अन्य देशबाट २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।