रोबर्टो मार्टिनेजले फिफा विश्वकप २०२२ मा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक पदबाट राजीनामा दिने बताएका छन्।
६ वर्षसम्म बेल्जियमको नेतृत्व गरेका इंग्लिस क्लब एभर्टन र विगन एथलेटिक पूर्वप्रशिक्षक मार्टिनेजले बेल्जियम निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएर बाहिरिएसँगै राजीनामा दिने बताएका हुन्।
‘यो मेरो राष्ट्रिय टोलीसँगको अन्तिम खेल थियो र यो कति भावनात्मक छ भन्ने तपाईँ कल्पना गर्न सक्नुहुन्छ,’ उनले भावुक हुँदै भने।
विश्वकपको दाबेदार मानिएको बेल्जियम समूह चरणबाटै बाहिरिनु आश्चर्यजनक नतिजा मानिएको छ।
यसअघि जेरार्डो ‘टाटा’ मार्टिनोले बुधबार मेक्सिको फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि मेक्सिकोको प्रशिक्षक पद त्यागेका थिए।