फिफा विश्वकप २०२२ मा मोरक्को समूह ‘एफ’ को विजेता बनेर अन्तिम १६ मा पुग्यो।
मोरक्कोले अन्तिम समूहको अन्तिम खेलमा क्यानडालाई २-१ गोलले हराउँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो।
यसअघि मोरक्कोले बेल्जियमलाई २-० गोलले हराउँदा क्रोएसियासँग गोलरहित बराबरी खेलको थियो।
७ अंक जोड्दै बेल्जियम समूह विजेता बन्यो। यता अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेलेको क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो।
पाँच अंक जोडेको क्रोएसियाले पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दा दोस्रो खेलमा क्यानडालाई हराएको थियो।
चार अंक जोडेको बेल्जिम भने बाहिरियो। तेस्रो बनेको बेल्जियमले पहिलो खेलमा क्यानडालाई हराएको थियो। दोस्रो खेलमा मोरक्कोसँग हार्दा बेल्जियम निर्णायक तथा अन्तिम खेलमा क्रोएसियासँग बराबरीमा रोकियो।
तीन खेलमा नै पराजित भएको क्यानडा भने यसअघि बाहिरिएको थियो।