फिफा विश्वकप २०२२ कतारअन्तर्गत आजदेखि समूह चरणमा दोस्रो चरणको प्रतिस्पर्धा सुरू हुँदैछ।
आज समूह 'ए' मा कतार र सेनेगल (साँझ ६:४५ बजे) तथा नेदरल्यान्ड्स र इक्वेइडर (राति ९:४५ बजे) भिड्नेछन्।
पहिलो खेलमा जित हात पारेका इक्वेइडर र नेदरल्यान्ड्स लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्ने योजनामा छन्। पहिलो खेल हारेका कतार र सेनेगल भने अन्तिम १६ मा पुग्ने आसा जीवित राख्न आजको खेल जित्न चाहान्छन्।
यता समूह 'बी' मा वेल्स र इरान (दिउँस ३:४५ बजे) तथा इंग्ल्यान्ड र अमेरिका (राति १२:४५ बजे) भिड्दैछन्।
इंग्ल्यान्डले पहिलो खेलमा इरानलाई हराएको थियो। वेल्स र अमेरिकाले बराबरी खेलेका थिए।
समूहमा इंग्ल्यान्ड दोस्रो जितसहित अन्तिम १६ मा पुग्ने योजनामा रहदा बाँकी तीन टिमलाई समूह चरण पार गर्न आजको खेलमा जित महत्वपूर्ण हुनेछ।
आजका खेल
वेल्स भर्सेस इरान : दिउँस ३:४५ बजे
कतार भर्सेस सेनेगल : साँझ ६:४५ बजे
नेदरल्यान्ड्स भर्सेस इक्वेइडर : राति ९:४५ बजे
इंग्ल्यान्ड भर्सेस अमेरिका : राति १२:४५ बजे