फिफा विश्वकप २०२२ मा पोर्चुगलले घानालाई पराजित गरेको छ।
बिहीबार राति भएको समूह ‘एच’ को खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले हरायो। पाँच गोल भएको खेलमा सबै गोल दोस्रो हाफमा भएका थिए।
खेलको ६५ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गरेको गोलबाट पोर्चुगलले अग्रता लियो।
७३ मिनेटमा आन्द्रे एयुले घानाका लागि बराबरी गोल गरे।
७८ मिनेटमा जोआओ फेलेक्स र ८० मिनेटमा राफायल लेआओले गोल गरेपछि पोर्चुगलको अग्रता ३-१ मा पुगेको थियो।
८९ मिनेटमा ओस्मान बुकारीले गोल गर्दा घानाले पोर्चुगलको अग्रता ३-२ मा झारेको थियो।