कतारमा जारी फिफा विश्वकपमा स्विट्जरल्यान्डले विजयी सुरूआत गरेको छ ।
अल जानुब रंगशालामा बिहीबार दिउँसो भएको खेलमा अफ्रिकी टोली क्यामरूनलाई १-० गोल अन्तरले हराउँदै स्विट्जरल्यान्डले विजयी सुरूआत गरेको हो।
स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे ।
एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए।
यस जितसँगै समूह 'जी' मा रहेको स्विट्जरल्यान्ड ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।