राखेपमा अर्को खेल संघ दर्ता, संघको संख्या १ सय ८९


राष्ट्रिय खेलकुद परिषद्ले अर्को एउटा खेल संघलाई मान्यता दिएको छ। परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले आइतबार इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान संघलाई १ सय ८९ संघको रुपमा दर्ता दिए।

नुवाकोटका राजु थापाको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय तदर्थ समिति दर्ता गरिएको हो। उपाध्यक्षत्रयमा ललितपुरका अशोकलाल लामा, दीपक न्यासुर लामा र इन्द्र तामाङ, महासचिवमा काठमाडौंका सानु लामा, सचिवमा मकवानपुरका कान्छालाल वाइबा र कोषाध्यक्षमा दोलखाकी सुजाता थापा रहेका छन्।

सदस्यमा ललितपुरका राजु तामाङ, काठमाडौंका विशाल वाइबा, काभ्रेका लसी तामाङ, काठमाडौंका राम लामा, काठमाडौंका विमल थापा, जनकपुरका राजन गहतराज, ललितपुरका अशोक बस्नेत, ललितपुरकी बसन्ती घलान, ललितपुरकी शान्ति घलान तामाङ, काभ्रेका बालकृष्ण मगर, नुवाकोटका प्रकाशराज थापा, नुवाकोटका मन्जुर तामाङ, ललितपुरका सुगतरत्न शाक्य, नुवाकोटका सतीशराज थापा, काभ्रेका राजु तामाङ, ललितपुरका विष्णु महर्जन, ललितपुरका किशोर दर्शन तथा राखेपबाट २ प्रतिनिधि छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अध्यक्ष थापालगायतका पदाधिकारीलाई संघ दर्ताको प्रमाण पत्र हस्तान्तरण गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.