आल्भेसको ठूलो खुलासा, नेइमारले मलाई पिएसजी जान सल्लाह दिएका थिएँ

आल्भेसको ठूलो खुलासा, नेइमारले मलाई पिएसजी जान सल्लाह दिएका थिएँ


ब्राजिलका विङ–ब्याक डानी आल्भेसले पेरिस सेन्ट जर्मन(पिएसजी) मा आफू आबद्ध हुन नेइमारले प्रभावित तुल्याएको बताएका छन्।

पिएसजीमा नेइमारलाई तान्न आल्भेसको भूमिका ठूलो भएको खबर बाहिरिरहेको बेला उनले सबैलाई आश्चर्यचकित तुल्याएका हुन्।

‘मैले नेइमारसँग सम्भावनाको विषयमा चर्चा गरेको हूँ,’ आल्भेसले शनिवार राती फ्रेन्च लिगको पहिलो खेल जितेपछि बताए, ‘उनले नै मलाई पिएसजीमा जान सुझाव दिएका हुन्। मैले उनलाई युभेन्ट्स छोड्ने जानकारी दिएपछि उनले नै पिएसजीमा जान अनुरोध गरे। उनले आफू पनि त्यही आउने विचारमा रहेको मलाई बताए।’

आल्भेसलाई उनको पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्ट सिटीमा आवद्ध गर्ने तयारी गरेका थिए। तर, उनी इङ्लिस क्लबमा आवद्ध नभई फ्रेन्च क्लबतर्फ हानिएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.