नेइमारलाई हेर्न रंगशालामा भिड, पिएसजी २–० ले विजयी

नेइमारलाई हेर्न रंगशालामा भिड, पिएसजी २–० ले विजयी


विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) मा स्थानान्तरण भएका ब्राजिलका स्टार स्ट्राइकर नेइमार अनुपस्थित खेलमा पिएसजीले आमियन्सलाई २–० ले पराजित गरेको छ।

शनिवार राती फ्रेञ्च लिगको पहिलो खेलमा पिएसजीलाई जिताउन उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले ४२ मिनेटमा पहिलो गोल गरेका थिए। अर्को गोल जाभियर पास्टोरेले ८० मिनेटमा गरे।

अन्तर्राष्ट्रिय ट्रान्सफरको रिपोर्ट शुक्रबार दर्ता नगरेका कारण नेइमारलाई पहिलो खेल खेल्न रोक लगाइएको थियो। तर, उनी रंगशालामा उपस्थित भएका थिए। उनलाई हेर्न दर्शकदीर्घामा करिब ४७ हजार दर्शक उपस्थित भएका थिए। उनले पिएसजीमा आफू थुप्रै ट्रफी जित्न आएको प्रतिक्रिया दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.