श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
समूह ‘ए’ उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो।
भारतले आज भएको समूहको तेस्रो खेलमा पाकिस्तानमाथि ३-२ को जित निकाल्यो। भारतले लगातार तेस्रो खेलमा जित हात पारेको हो।
यसअघि लगातार दुई खेलम जित निकालेको पाकिस्तान उपविजेता बन्यो।
भारत र नेपालबीचको खेल बिहीबार सवा तीन बजे कोलम्बोमा हुनेछ।
अर्को सेमिफाइनलमा सोहि दिन पाकिस्तान र बंगलादेश भिड्नेछन्। यसअघि समूह चरणमा नेपालले बंगलदेशसँग ४-० को हार ब्यहोर्दा श्रीलंकालाई २-० गोलले हराएको थियो। बंगलादेशले भने नेपाल र श्रीलंका दुवैलाई ४-० गोलले पराजित गरेको थियो।