एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ।
बुधबार राति सकिएको खेलमा नेपाललाई घरेलु टोली ताजिकिस्तानले पराजित गरेको हो।
खेलमा नेपाल ४-० ले पराजित भयो।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।
ताजिकिस्तानका लागि एजिजबोएबले दुई गोल गरे। उनले खेलको ३९ र ५८ मिनेटमा गोल गरेका थिए।
नेपालले तेस्रो गोल ९० मिनेट र चौथो गोल इन्जुरी समयमा खाएको थियो।
अब नेपालले शनिबार सिरिया र मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ।