सिजनको युइएफए च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ।
लिग चरणका लागि छनोट भएका युरोपभरका ३६ क्लबले लिग चरणमा खेल्ने आठ वटा प्रतिद्वन्द्वी तय भएको छ।
युइएफएले गत सिजनदेखि सुरु गरेको नयाँ फर्म्याटअनुसार ३६ टोली प्रत्येकले ४ होम र ४ अवे म्याच लिग चरणमा खेल्नेछन्।
यसका लागि ३६ टोलीलाई वरीयतका आधारमा चार वटा पटमा विभाजन गरिएको थियो। जसमा एक पटका दुई टोली गरी कुल चार पटका आठ प्रतिद्वन्द्वी तय भएका हुन्।
०२५/२६ सिजनको लिग चरण १६–१८ सेप्टेम्बर २०२५ बाट सुरु हुन्छ। यसपछि आठ म्याचडेहरूमा यो प्रतिस्पर्धा जनवरी २०२६ सम्म जारी रहनेछ।
लिग चरणपछिटप ८ टोली सिधै अन्तिम १६ मा प्रवेश गर्छन्।
९–२४ औं स्थानका टोलीले दुई-खेलको नकआउट प्ले–अफ खेल्छन्। विजेताले अन्तिम १६ मा टप ८ टोलीसँग भिड्ने मौका पाउँछन्।
२५ औं स्थान वा तलका टोलीहरू प्रतियोगिताबाट बाहिरिनेछन् भने यूरोपा लिगमा पनि स्थान पाउनेछैनन्।
लिग चरणमा भिड्ने मुख्य १२ टोलीका प्रतिद्वन्द्वी
पेरिस सेन्ट-जर्मेन
• होम: बायर्न म्युनिख, एटलान्ट, टोटेनहम, न्युकासल
• अवे: बार्सिलोना, बायर लेभरकुसेन, स्पोर्टिङ, एथलेटिक बिलबाओ
म्यानचेस्टर सिटी
• होम: बोरोसिया डर्टमन्ड, बायर लेभरकुसेन, नेपोली, गालातासारे
• अवे: रियल म्याड्रिड, भिल्लारिअल, भोदो/ग्लिम्ट, मोनाको
बार्सिलोना
• होम: पेरिस सेन्ट-जर्मेन, फ्राङ्कफर्ट, ओलम्पियाकोस, कोपेनहेगेन
• अवे: चेल्सी, क्लब ब्रुज, स्लाभिया प्राग, न्युकासल
लिभरपुल
• होम: रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, पीएसभी, क्याराबाग
• अवे: इन्टर मिलान, फ्राङ्कफर्ट, मार्सेइ, गालातासारे
रियल म्याड्रिड
• होम: म्यानचेस्टर सिटी, युभेन्टस, मार्से, मोनाको
• अवे: लिभरपुल, बेन्फिका, ओलम्पियाकोस, काइरात अल्माटी
चेल्सी
• होम: बार्सिलोना, बेन्फिका, अयाक्स, पाफोस
• अवे: बायर्न म्युनिख, एटलान्ता, नेपोली, क्याराबाग
बायर्न म्युनिख
• होम: चेल्सी, क्लब ब्रुज, स्पोर्टिङ, युनियन एसजी
• अवे: पेरिस सेन्ट-जर्मेन, आर्सनल, पीएसभी आइन्डहोभेन, पाफोस
टोटेनहम
• होम: बोरोसिया डर्टमन्ड, भिल्लारियल, स्लाभिया प्राग, कोपेनहेगेन
• अवे: पेरिस सेन्ट-जर्मेन, फ्राङ्कफर्ट, भोदो/ग्लिम्ट, मोनाको
यूभेन्टस
• होम: बोरोसिया डर्टमन्ड, बेन्फिका, स्पोर्टिङ, पाफोस
• अवे: रियल म्याड्रिड, भिल्लारिअल, भोदो/ग्लिम्ट, मोनाको
आर्सनल
• होम: बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, ओलम्पियाकोस, काइरात अल्माटी
• अवे: इन्टर मिलान, क्लब ब्रुज, स्लाभिया प्राग, एथलेटिक बिलबाओ
बायर लेभरकुसेन
• होम: पेरिस सेन्ट-जर्मेन, भिल्लारिअल, पीएसभी आइन्डहोभेन, न्युकासल
• अवे: म्यानचेस्टर सिटी, बेन्फिका, ओलम्पियाकोस, कोपेनहेगेन
एट्लेटिको म्याड्रिड
• होम: इन्टर मिलान, आइन्क्राच फ्राङ्कफर्ट, भोदो/ग्लिम्ट, युनियन एसजी
• अवे: लिभरपुल, आर्सनल, पीएसभी आइन्डहोभेन, गालातासारे