नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर प्रिति राई सम्मिलित जोर्डनको इतिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पहिलो जित निकालेको छ।
समूह ‘सी’ अन्तर्गत बिहीबार मलेसिया भएको खेलमा जोर्डनी क्लब इतिहादले किर्गिज क्लब स्द्युशोर सी–एसियागोललाई ३-१ गोले हरायो।
इतिहादका लागि एक्युनिया टिटेले ५७ र ६५ मिनेटमा दुई गोल गर्दा कुताले ४६ मिनेटमा पहिलो गोल गरिन्।
यसअघि पहिलो खेलमा इतिहादले सिंगापुरको क्लब लायन सिटीसँग २-० गोलको हार ब्यहोरेको थियो। खेलमा नेपालकी प्रिति राईले क्लब तथा प्रतियोगितामा डेब्यू गरेकी थिइन्।
अब अन्तिम खेलमा इतिहादले घरेलु क्लब केलना युनाइटेडसँग खेल्दैछ। समूहको विजेता टोली अर्को चरणमा पुग्ने प्रावधान छ।