भुटानमा आगामी बुधबारदेखि साफ यू-१७ महिला च्याम्पियनसिप हुँदैछ।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिँदैछन्।
चार टोलीबीच डबल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा अंक तालिकाको शीर्ष हुने टोलीले उपाधि जित्नेछ।
प्रतियोगितामा नेपालले सातौं पटक सहभागिता जनाउँदा एक पटक उपाधि जितेको छ। नेपालले सन् २०२२ मा उपाधि जित्न सफल भएको छ।
भारत र बंगलादेशले दुई दुई पटक उपाधि जित्न सफल भएका छन्।
भुटान जाने नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाइ गरेको छ।
