नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डे विल्डेले एएफसी वुमन्स एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेका छन्।
विल्डेले २३ सदस्यीय टोली शुक्रबार घोषणा गरेका हुन्।
छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका छन्। समूहको खेल उज्बेकिस्तानमा हुने तालिका छ।
नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपालले जुलाई २ मा श्रीलंका र जुलाई ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले मात्र अस्ट्रेलियामा हुने एसियन कप खेल्न पाउनेछ।
त्यसका लागि चुनौतीको सामना गर्न तयार रहेको प्रशिक्षक विल्डेको भनाइ छ।
फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी साम्बासहित युएई खेल्दै आएकी रेखा पौडेल र ग्रिसमा खेलेकी अन्जिला तुम्बापो सुब्बा टोलीमा हुँदा आत्मविश्वास बढेको छ।
नेपाली महिला टोलीले एएफसी एसियन कप छनोटको तयारीका लागि थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो। नेपाली टोलीले पहिलो खेल १–० र दोस्रो २–० ले गुमाएको थियो ।
नेपाली टोली
गोलकिपर : अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डर : गीता राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल