प्लानिङ ब्वाइज युनाइटेड नेपालको शीर्ष डिभिजनको लिगमा बढुवा भएको छ।
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बाँसबारी क्लबविरुद्धको खेलमा २–० को महत्वपूर्ण जित हात पार्दै प्लानिङ सहिद स्मारक ए डिभिज नलिगमा बढुवा भएको हो।
अन्तिम दुई खेलअघि शीर्ष डिभिजनमा पुगेको उसले ११ खेलबाट २७ अंक जोड्यो।
प्लानिङको जितमा पुजन थापाले ८१औं मिनेटमा गोल गर्दा दोस्रो हाफमा बाँसबारीका सन्दीप राउतले आत्मघाती गोल गरेका थिए।
प्लानिङ तीन वर्षअघि बी डिभिजनमा बढुवा भएको थियो। त्यसअघि उनले सन् २०१२ मा सी डिभिजन छनोट खेलेर सी डिभिजनको क्लबको रुपमा मान्यता पाएको थियो।