राष्ट्रिय महिला टोलीले एएफसी महिला एसिया कप अस्ट्रेलिया २०२६ छनोटको लागि बन्द शिविर सुरु गर्ने तयारी गरेको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शिविरको लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीलाई बोलाएका छन्।
छनोटको तयारीका लागि नेपालले थाइल्याण्डसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो खेल जेठ १६ र दोस्रो खेल जेठ १९ गते हुनेछन्। दुवै खेल बैंककमा हुनेछन्।
त्यसपछि नेपालले उज्वेकिस्तानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
छनोटको समूह ‘एफ’मा नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल लाओससँग असार १५ गते, दोस्रो खेल श्रीलंकासँग असार १८ गते र अन्तिम खेल घरेलु टोली उज्वेकिस्तानसँग असार २१ मा खेल्नेछ।
समूहको विजेता मात्र एसिया कपमा छनोट हुनेछ।
छनोटअघि नेपालले प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक ल्याउनका लागि दरखास्त आह्वान गरेको थियो। यो प्रक्रिया समयमै सकिए राजेन्द्र तामाङको स्थानमा विदेशी प्रशिक्षकले नेपाली महिला टोली सम्हाल्नेछन्।
प्रारम्भिक टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, कोपिला खड्का, लिला जोशी, सावित्री किशन, उषा नाथ
डिफेन्डरः अमृता जैसी, विमला विक, गीता राना, मनमाया दमाई, निशा थोकर, पूजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सेमी हाङ्मा लिम्बु, यशोदा शाही
मिडफिल्डरः अनिता बस्नेत, अञ्जली चन्द, विमला चौधरी, बिर्साना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रीति राई, रेनुका नगरकोटी, सविता राना मगर, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बू, सुख्रिया सुक्लुकु, सुक्रिया मिया, सुष्मा तामाङ, तुलसा बोहरा
फरवार्डः अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मिना देउवा, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, सावित्रा भण्डारी, समीक्षा राई