राष्ट्रिय यू-१९ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आगामी साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि अन्तिम टोली घोषणा गरेका छन्।
च्याम्पियनसिप मे ९ देखि १८, २०२५ सम्म भारतमा आयोजना हुँदैछ।
च्याम्पियनसिपको समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् भने नेपाल, आयोजक भारत र श्रीलंका अर्को समूहमा छन्।
नेपाली टोली
गोलकिपरः भक्तबहादुर परियार, उपेन्द्र लगुन, विशेष बानिया
डिफेन्डरः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का
मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सविनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्डः पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ