प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन्।
नेपाल सुपर लिग हेर्न मंगलबार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए।
कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन्। ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए। —न्युज एजेन्सी नेपाल