बार्सिलोनाले स्पेनिसका मिडफिल्डर डानी ओल्मोको निर्णायक गोलको मद्दतले मल्लोर्कामाथि महत्वपूर्ण जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा बार्सिलोनाले १-० गोलको जित हात पार्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता थप बलियो बनाएको छ।
खेलको पहिलो हाफमा बार्सिलोनाले २४ वटा प्रहार गरे तापनि कुनै पनि गोल गर्न सकेन। तर दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै डानी ओल्मोले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए।
यो जितसँगै बार्सिलोनाले ३३ खेलमा ७६ अंक बनाएको छ र ला लिगाको उपाधितर्फ अघि बढेको छ।
दोस्रो स्थाानको रियल म्याड्रिड ३२ खेलमा ६९ अंकसहित दोस्रो स्थानमा छ।