नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवले धनगढी एफसीलाई ३-१ गोलले हराएसँगै शीर्ष चार टोलीको टुंगो लागेको हो।
चितवनका लागि माल्दोनोभले १४ र जय गुरुङले ४५+१ मिनेटमा गोल गर्दा धनगढीका अमृत श्रेष्ठले ५० मिनेटमा आत्मघाती गोल गरे।
धनगढीका लागि जर्जप्रिन्स कार्कीले सातौ मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो।
लिग चरणका सबै खेल सकिदा शीर्ष स्थानको ललितपुर सिटीले १२ अंक, दोस्रो स्थानको धनगढीको ११ अंक, तेस्रो स्थानको चितवनको १० र चौथो स्थानको पोखराको ८ अंक छ।
अब पहिलो क्वालिफायरमा ललितपुर र धनगढी भिड्दा एलिमिनेटरमा चितवन र पोखरा प्रतिस्पर्धा गर्नेछन्। अब शनिबार धनगढी र ललितपुरबीच पहिलो क्वालिफायर हुनेछ।
यता ८ अंक जोडेको पाँचौ स्थानको काठमाडौं रेजर्ज, ५ अंक जोडेर छैटौं स्थानको झापा र १ अंक जोडेको पुछारको बुटवल लुम्बिनी एफसी भने लिग चरणबाटै बाहिरिए।