भर्जिल भान डाइकले इंग्लिस क्लब लिभरपुलसँगको दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
३३ वर्षीय डच सेन्टर-ब्याकको अघिल्लो सम्झौता यो सिजनको अन्त्यमा समाप्त हुँदै थियो।
अघिल्लो साता फरवार्ड मोहमद सलाहले पनि दुई वर्षको नयाँ सम्झौता गरेका थिए।
लिभरपुलका लागि ३१४ खेल खेलेका भान डाइकलाई जोर्डन हेन्डरसनपछि २०२३ मा लिभरपुलको कप्तान नियुक्त गरिएको थियो।
उनी जनवरी २०१८ मा साउथह्याम्प्टनबाट ७५ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए।
उनले लिभरपुलबाट दुई पटक प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, क्लब विश्वकप र ईएफएल कप जितेका छन्।