युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ।
गएराति सान्टियागो बर्नाबेउमा भएको अन्तिम १६ को पहिलो लेगमा रियलले एट्लेटिकोलाई २-१ गोलले पराजित गरेको हो।
रियलको जितमा रोद्रिगो र ब्राहिम डियाजले गोल गरे। रोद्रिगोले चौथो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
एट्लेटिको जुलियन अल्भारेजले ३२ मिनेटमा बराबरी गोल फर्काए। ५५ मिनेटमा ब्राहिम डियाजले ५५ मिनेटमा गरेको गोल निर्णायक बनेपछि रियलले पहिलो लेग आफ्नो पक्षमा पारेको हो।
दोस्रो लेग एट्लेटिकोको घरेलु मैदानमा मार्च १३ मा हुनेछ।
लिगको अन्य खेलमा आर्सनलले पिएसभीलाई ७-१ ले हराउँदा एस्टन भिल्लाले क्लब ब्रुजलाई ३-१ गोलले पराजित गरेका छन्।