नेपाली राष्ट्रिय फुटबल टोलीमा दुई जना सहायक प्रशिक्षक र तीन सपोर्ट स्टाफ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मार्च तेस्रो साता सिंगापुरविरूद्ध हुने मैत्रीपूर्ण खेल र मलेसियाविरूद्ध हुने एफसी एसियन कप छनोटको खेलका लागि सल्यान खड्गीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ।
यस्तै विनोद महर्जनलाई गोलकिपिङ प्रशिक्षक तोकिएको छ। नकुल हमाल ठकुरी र रमेशकुमार कार्कीलाई व्यवस्थापकको जिम्मेवारी दिइएको छ।
टोलीमा निशान्त जोशी फिजियो नियुक्त भएका छन्।
नेपालले मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि मार्च २५ मा मलेसिया विरुद्धको छनोट खेल्न नेपाल त्यसतर्फ जानेछ।
दुई खेलका लागि नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडी समेटेर प्रारम्भिक टोली मंगलबार विहान घोषणा गरेका थिए।
एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुनेछन्।
प्रारम्भिक टोली
गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छुन्जु
फरवार्डः जिलेस्पीजंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी