मछिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
मछिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
उनले नगद एक लाखसहित यामाहा-१२५ मोटरसाइकल हात पारे।
उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफन जमाहा चुनिए।
आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने। उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यामाहा-१२५ मोटरसाइकल हात पारेका छन्।
दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको हो।
