धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएन) का लागि विदेशी खेलाडीका रुपमा अफ्रिकन फरवार्ड आफिज ओलावालेजाई निरन्तरता दिने भएको छ।
अघिल्ला दुवै संस्करणमा ओलावालेले धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
भारत र बंगलादेशको शीर्ष लिग समेत खेलेका उनले नेपालका प्राय: सबै शीर्ष क्लबबाट खेलेका छन्।
नाइजेरियन खेलाडी ओलावालेको आगमनले धनगढीलाई उत्साहित बनाएको छ।
यसअघि धनगढीले लेबनानी स्टार अहमद हिलालीलाई पनि क्लबमा फर्काइसकेको छ।
क्लबले स्पेनका जुआन म्यानुएल मार्टिनेज साइजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। उनले स्पेन, पानामा, थाइल्याण्ड, ओमान माल्दिभ्स, बंगलादेशमा समेत प्रशिक्षण गराएका छन्।