बार्सिलोना फेरि ला लिगाको शीर्ष स्थानमा पुगेको छ।
आइतबार भएको खेलमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० गोलले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो।
बार्सिलोनाको जितमा मार्टिनले २५, मार्कले २९, अराउजोले ५९ र लेवान्डोवस्कीले ६० मिनेटमा गोल गरे।
त्यसअघि सोसिडाडका एलुस्टोन्डोले सिधा रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित बन्यो।
अंक तालिकामा बार्सिलोनाको २६ खेलबाट ५७ अंक भएको छ।
दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५६ अंक छ भने रियल म्याड्रिड ५४ अंकसहित तेस्रो स्थानमा छ।